नियम ३२
वर्गीकृत क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन
: (१) प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको अङ्क प्रदान गर्दा अनुसूची—९ मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई
क्रमशः “क”, “ख”, “ग”, “घ” र “ङ” गरी पाँच वर्गमा विभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव वापत आठ अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछः–
(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.५ अङ्कका दरले ।
(ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.४ अङ्कका दरले ।
(ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.३ अङ्कका दरले ।
(घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.२ अङ्कका दरले ।
(ङ) “ङ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १ अङ्कका दरले ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नब्बे दिन वा सोभन्दा बढी अवधि रुजु हाजिर भई काम गरेको भए सोही भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्कको दामासाही हिसाबले र नब्बे दिनभन्दा कम अवधि काम गरेको भए जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “ङ” वर्गको लागि तोकिएको अङ्क दिइनेछ ।
(३) प्रहरी सेवाबाट बर्खास्त भई पुनर्बहाली भएको वा निलम्बन भई त्यस्तो निलम्बन फुकुवा भएको प्रहरी कर्मचारीको हकमा निजहरू रुजु हाजिर नभएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे वापतको कुनै अङ्क दिइने छैन ।
(४) संयुक्त राष्ट्र संघीय मिशनमा खटिएको वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा खटिएको प्रहरी कर्मचारीलाई “ङ” वर्गको र अध्ययन विदा वा तीन महिना वा सो भन्दा वढी अवधिको लागि वैदेशिक तालीममा जाने प्रहरी कर्मचारीलाई “ङ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क दिइनेछ ।
(५) भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्क जुन पदमा बढुवा हुने हो सो पदभन्दा एक तह मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका वखत कुनै कर्मचारीले भौगोलिक क्षेत्र वापत प्राप्त गरी सकेको अङ्क घट्ने छैन ।
(७) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि भौगोलिक क्षेत्रमा काम गरे वापत प्राप्त गरेको अङ्कलाई पूर्णाङ्क आठमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ ।